सामाजिक सुरक्षा कोष ऐनमा असहमति जनाउँदै  प्रदर्शन

५ बर्ष अगाडि

काठमाडौं– सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरूप्रति असहमति तथा विरोध जनाउँदै कावासोती स्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।  

बैंक तथा वित्तीय संस्थाहरुले सा।सु। कोषमा आवद्ध हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जवरजस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए  । 

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरु नै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलिका दिनमा असुरक्षित हुने तथा खाइपाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले वताए ।

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया