अजोड इन्स्योरेन्सले आर्जन गर्यो १ अर्ब २० करोड बीमा शुल्क

५ बर्ष अगाडि

काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडले १ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार २१ गतेसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको हो ।

चालु आ.ब.को असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब, लगानी १ अर्ब ४७ करोड ३१ लाख र कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड) रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया