नबिल बैंक र युनाइटेड फाइनान्सलाई एकिकृत कारोबार सुरु गर्दै, कहिलेबाट ?

५ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले कीकृत कारोबार थाल्ने भएका छन् । बैंकहरुले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते, मंगलबार अन्तिम स्वीकृती प्रदान गरिसकेको छ । 

दुवै कम्पनीको असार ५ गते, शनिबार सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १८ गते स्वीकृती प्रदान गरेको थियो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया