असार २३ बाट एक अर्ब रुपैयाँ बराबर म्युचुअल फण्ड निष्काशन गर्दै आरबिबि मर्चेन्ट बैंकिङ्ग

५ बर्ष अगाडि

काठमाडौं - आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो ।

उक्त फण्डको इकाईका लागि असार २३ गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ । सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया