एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीकोे सेयर बिक्रीमा आयोे, आवेदन कहाँबाट दिने ?

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।  

बैंकले मेरो माइक्रोफाइनान्सको ५९ हजार ६ सय ६८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० हजार ६ सय ९६ कित्ता र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८६ हजार १ सय ९५ कित्ता रहेकोे छ । 

साथै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ५ सय ७० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

लगानीकर्ताले आजबाट असार ११ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

महुली लघुवित्तको सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया