आज बाट स्वावलम्बन लघुवित्तको संस्थापक शेयर  लिलामीमा

५ बर्ष अगाडि

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर आइतवारदेखि लिलामीमा आएको छ । 

नबिल बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले असार १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । प्रतिकित्ता न्यूनतम मूल्य रू। ७५० तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । 

बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया