काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले आइतबारदेखि १० बर्षे अवधिका लागि उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । उक्त ऋणपत्रको बार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ ।
७ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये ४५ करोड बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । साथै ३० करोड बराबरको ३ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशनबाट बिक्री गर्नेछ ।
यसबाट नै ५ प्रतिशत अर्थात १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ । उक्त ऋणपत्र बन्द हुने मिति छिटोमा असार ९ गते रहेको छ भने उक्त मितिमा बिक्री नभए ढिलोमा असार ३० गतेसम्मका लागि आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया