नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एक कम्पनीकोे संस्थापक शेयर बिक्रिमा, आवेदन कहिले सम्म ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को ९ लाख कित्ता संस्थापक शेयर बिक्री खुला भएको छ ।

संस्थापक समूहको शेयर बैंकले न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिहरुले मिति २०७८ असार २ गते देखि मिति २०७८ असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक खरीदकर्ताले प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया