एसियन इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने, आज देखि ९ गते सम्म सिलबन्दी बोलपत्रमा आवेदन दिन सकिने

५ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एसियन इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।

प्रति कित्ता रु.६२८ मूल्य तोकी १ लाख ६६ हजार ७५७ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद इच्छुक जो कोही व्यक्तिले खरिद गर्न सक्ने छन् ।

आज देखि असार ९ गते सम्म सिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने छ । शेयर आवेदन बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमा दिन सकिने कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया