जीवन विकास लघुवित्तले पायो आईपीओ निष्कासन गर्न अनुमति

५ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले जेठ ३० गते आईपीओ विक्री गर्न अनुमति दिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ विक्री गर्न पाउने छ । 

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । 

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी ४१ करोड ६ लाख ७० हजार रहेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले  ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया