काठमाडौं, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा भोलि( सोमवार) हुने भएको छ ।
सभा लैनचौरस्थित कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा बिहान १० बजे हुने बताएको छ । कम्पनीले सभा भिडियो कन्फरेन्सको माध्यमबाट हुने जानकारी दिएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले आव २०७६र ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया