काठमाडौं - हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको छ । हलै मात्र उक्त कम्पनीले बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको थियोे ।
कम्पनीले आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको हो । जस अनुसार कम्पनीको नेपाली नाम हिमालयन रि इन्स्योरेन्स र अंग्रेजी नाम Himalayan Reinsurance Limited रहनेछ ।
यो कम्पनी गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ । कम्पनीको दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ रहेको छ ।
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया