काठमाडौं - सामूहिक लगानीकोषहरुको आयमा आयकर नलाग्ने भएको छ ।
आगामी आवको आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुको आयमा कर नलाग्ने व्यवस्था गरेको जानकारी दिएका हुुन् ।
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० एक हो । यस्ता फण्डले साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गरी नाफा आर्जन गरी इकाईधनीलाई प्रतिफल वितरण गर्ने गर्दछन् ।
यसैगरी सरकारले साना करदातालाई लाग्दै आएको करको दर यथावत् राखेको छ भने पूर्वानुमानित आय विवरण बुझाउने कारोबारको सीमा बढाएर २० लाखबाट १० लाख वृद्धि गरी ३० लाख रुपैयाँ र्पुयाइएको छ ।
कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा पनि ५० लाखबाट बढाएर एक करोड रुपैयाँ र्पुयाइएको छ ।
प्रतिक्रिया