काठमाडौं - नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको aउक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।
यो रिपो जेठ २८ गते परिपक्क हुनेछ । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो १२ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
प्रतिक्रिया