एनएमबि बैंकको भर्चुअल डलर कार्ड सेवा सुरु

५ बर्ष अगाडि

काठमाडौं– एनएमबि बैंकको भर्चुअल डलर कार्ड लिने सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी बैंकले यस्तो व्यवस्था ल्याएको हो ।

अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरेको हो ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

 बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

उपर्युक्त सुविधा  https://nmbbanknepal.com/virtual-dollor-card-request-form  बाट प्राप्त गरी  आवेदन दिन सकिने  बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया