बैंकका कर्मचारीमा संक्रमण तीव्र, उपत्यकामा एउटा बैंकको ६ शाखा मात्र खोल्न पाइने

५ बर्ष अगाडि

काठमाडौैं - नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकका कर्मचारीमा संक्रमण फैलिएपछि बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित शाखाबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा ६ वटामात्र शाखा आलोपालो गरी खोल्न निर्देशन दिएको हो ।

यसैगरी विकास बैंकलाई काठमाडौंमा २ तथा भक्तपुर र ललितपुरमा १–१ शाखा गरी ४ शाखा र वित्त ९फाइनान्स० कम्पनीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा १र१ शाखा गरी ३ शाखाबाट आलोपालो गरी सेवा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार अब वाणिज्य बैंकहरुले उपत्यकाभित्र दिनमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्र शाखा आलोपालो गरी खोल्न पाउनेछन् ।

यसैगरी राष्ट्र बैंकले गत बैशाख १९ गते जारी निर्देशन बमोजिम केन्द्रीय कार्यालय सञ्चालन गर्ने र अत्यावश्यक बैंकिङ्ग सेवाका लागि बन्द रहेका शाखाको सम्पर्क व्यक्तिको नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समय सम्बन्धी सूचना दैनिक रुपमा प्रकाशनमा ल्याउन समेत निर्देशन दिएको छ ।

नेपाल बैंकका अनुसार आइतबारसम्म वाणिज्य बैंकका मात्र २ हजार ४८० जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । अघिल्लो सातामा बढेर २ हजार ६०० बढी पुगेको यो संख्या पछिल्लो दिनमा भने घट्न थालेको उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया