काठमाडौं– नेपाल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।
प्रति कित्ता रु.१ हजार २२ रुपैयाँ मूल्य तोकी ८० हजार कित्ता बिक्रीमा राखेको हो ।
शेयर विद्यमान संस्थापक तथा इच्छुक जो कँही व्यक्ति , संघ, संस्था, कम्पनीहरूले आवेदन दिन सक्ने छन् ।
आवेदकले प्रति कित्ता दर रेट तोकी आगामी जेठ ३० गते सम्म आवेदन दिन सक्ने छन् ।
आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा पेश गर्न कम्पनीले भनेको छ ।
प्रतिक्रिया