सोमबार उपत्यकामा लक्ष्मी बैंकका यी स्थानमा शाखा खुल्ला हुने

५ बर्ष अगाडि

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले निषेधाज्ञा अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

सरकारले निषेधाज्ञा गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन कोसिस गरेका छन ।

आज (सोमबार) लक्ष्मी बैंक लिमिटेडका ७ स्थानमा मात्र शाखा कार्यालय खुल्ला रहने छन । बैंकले सार्वजनिक गरेको सूचना अनुसार न्युरोड,पुल्चोक, पेप्सीकोला,महाकाल,तहाचल, भाटभाटेनी र सुकेधारामा शाखा कार्यालय खुला रहनेछन ।

५ बर्ष अगाडि

प्रतिक्रिया