काठमाडौं, पञ्चकन्या माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले सो अवधीसम्म आउँदा २१ करोड १४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।
गत आवको यसै अवधिमा १६ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १७ करोड ६७ लाख रुपैयाँ थियो ।
चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १.११ रुपैयाँ ऋणात्मक छ । जगेडा कोषमा जगेडा कोष २१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ ८०.७८ रुपैयाँ छ ।
प्रतिक्रिया