काठमाडौं, नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको छ ।लघुवित्तको नाफा गत वर्षको तुलनामा ४१५८.६४ प्रतिशतले बढी हो । गत वर्ष यस कम्पनीले १ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
गत वर्ष यसले १ करोड ८६ लाख पैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले चैत मसान्तसम्म फसेको १ अर्ब ४० करोड रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।
हाल यसको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ करोड २५ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा ६.१९प्रतिशतले बढेको छ । गत वर्ष खराब कर्जा १.७५ प्रतिशतरहेको थियो । प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ६६ पैसा (वार्षिक) रहेको यसको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४० पैसा रहेको छ ।
प्रतिक्रिया