सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.२८ प्रतिशतले बढ्यो, बीमा शुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा ३०.२८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो । 

इन्स्योरेन्सले सोही अवधीसम्म खुद बिमा शुल्क आर्जन ८२.१७ प्रतिशतले बढाएर १ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । 
 
गत वर्ष सन नेपालले ७९ करोड १० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब ११ करोडबाट बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ छ । रिजर्भ कोषमा ३३ करोड २२ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्म यस इन्सुरेन्स इन्स्योरेन्सले १४ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउन बाँकी छ । यसले कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म आइपीओ ल्याउने प्रक्रिया भने अघि बढिसकेको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया