काठमाडौं, बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुको कोभिड १९ संक्रमण पुष्टि भए सम्पुर्ण खर्च सम्बन्धित कम्पनीले व्योहोर्न निर्देशन दिएको छ ।
समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्नो कर्मचारीमा कारोना संक्रमण देखिए उनको सम्पर्कमा रहेको कर्मचारी समेतलाई पीसीआर परीक्षण सहित सबै खर्च कम्पनीले व्योहोर्नु पर्दछ । यस्तै संक्रमित कर्मचारी राख्नको लागि घर, अस्पताल वा होटलमा आईसोलेसन वा क्वारेन्टिनमा सुरक्षित रुपमा राख्ने व्यवस्था पनि मिलाउनु पर्नेछ ।
साथै आईसोलेसन वा कर्मचारीहरु कार्यलयमा फर्कदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कार्यालय आउने व्यवस्था मिलाउन बीमा कम्नपीहरुलाई निर्देशन दिएको छ ।
आईसोलेसन वा क्वारेन्टिनमा रहेका कर्मचारीलाई उक्त अवधिको पुरा तलव सहित अतिरिक्त विदा उपलब्ध गराउन तथा हाजिरिमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया