छयाङदी हाइड्रोपावरको नाफा १२.८६ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, छयाङदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १२.८६ प्रतिशतले कम हो । गत वर्ष यसैअवधिमा छयाङदीले १ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२ प्रतिशतले घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमीत भएको छ । 
 
चैत मसान्त सम्ममा छयाङदीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।यता, प्रतिशेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया