मर्चेण्ट बैंकर्स एसोसिएसनको निर्देशन :'३ जना मात्रै कमर्चारी राखेर सेवा प्रवाह गर्नुु'

५ बर्ष अगाडि

काठमााडौं, मर्चेण्ट बैंकर्स एसोसिएसन नेपालले ३ जना मात्रै कमर्चारी राखेर सेवा प्रवाह गर्ने मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवा मात्र कार्यलयबाट गर्न उसले एसोसिएसनलाई भनेको छ । अब सदस्य मर्चेण्ट बैंकहरूले तीन जना मात्रै कमर्चारी कार्यलयमा राख्न पाउने छन भने बाँकी सेवा अनलाइनमार्फत वर्कफ्रम होमबाट गर्नुपर्नेछ। ग्राहक तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ।
 
कोभिड महामारीको संकटले बिकराल रुप लिएको भन्दै अनलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि अत्यावश्याक सेवा मात्र प्रदान गर्न भनिएको हो ।

शुक्रबार धितोपत्र बोर्डले सेवा प्रवाह अनलाइनमुखी बनाउन आग्रहपछि एसोसिएसनले यस्तो निर्देशन जारी गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया