काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ ।
कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरिने छ । साथै आइपीको निष्कासन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन लागायतका प्रस्ताव समेत रहेको कम्पनीले जनाएको छ ।
सभा आगामी जेठ २३ गते कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे बाट सुरु हुने छ ।
कोभिड–१९ को महामारीका कारण सभा भर्चुअल माध्यम बाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया