७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा, अझै पनि यी स्थानीय तह शाखादेखि वञ्चित

५ बर्ष अगाडि

काठमाडौं, मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएका छन ।

तर हालसम्म पनि तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया