सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयर बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं– एन आई सी एशियाको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयरको शिलबन्दी बोलपत्र खुलाएको छ ।

प्रति कित्ता रु.१ हजार ३६६ रुपैयाँ मूल्य तोकी कम्पनीले ३ लाख ५० हजार ३६९ कित्ता शेयर बिक्री गर्ने भएको छ । प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले दरभाउ तोकी आगामी जेठ २७ गते सम्म आवेदन पेश गर्न सक्ने छन् ।

एन आई सी एशिया क्यापिटल बबरमहल काठमाडौं, एन आई सी एशिया बैंक लिमिटेड कर्पोरेट कार्यालय थापाथली तथा बैंकका शाखा कार्यालय विराटनगर, वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणवपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेत बाट बोलपत्र आवेदन फारम प्राप्त गरि सोही स्थानमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया