एनएमबि बैंकको ऋणपत्र खुला, यसरी दिन सकिने छ आवेदन

५ बर्ष अगाडि

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८.५० प्रतिशत ब्याजदर भएको दश वर्ष अवधिको डिबेन्चर निष्कासन गर्न लागेको हो ।

प्रति ऋणपत्र १ हजार मूल्य तोकी रु.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । जस मध्ये रु.१ करोड २० लाख बराबरको १२ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.८० लाख बराबरको ८ लाख कित्ता सर्वसाधारणको तपर बाट बिक्री गर्ने बैंकले जनाएको छ ।

ऋणपत्र अवेदन आज (जेठगते) देखी भर्न सकिने छ । डिबेन्चर भर्न छिटोमा आगामी जेठ ५ गते बैङ्किङ समय भित्र र ढिलोमा आगामी जेठ १६ गते सम्म आवेदन पेश गर्न सकिने छ ।

सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र वेवसाइट www.siddharthacapital.com र एनएमबि बैंक बबरमहल तथा वेवसाइट www.nmbbanknepal.com  बाट फारम प्राप्त गरि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरको अनलाइन बाट आवेदन पेस गर्न सकिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया