बैंकहरुले आइतबारदेखि नगद कारोबार  नगर्ने

५ बर्ष अगाडि

वीरगंजका बैंकहरुले आइतबारदेखि नगद कारोबार बन्द गर्ने भएका छन्।
कोरोना संक्रमण उच्च भएपछि वीरगंज क्षेत्रका बैंकहरुले दिने सेवामा कटौती गर्दै अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेका हुन्।

पछिल्लो समय वीरगंजमा मात्रै निजी तथा सरकारी बैंककाका ९१ जनाभन्दा बढी कर्मचारीहरु संक्रमित भएपछि बैंकहरु थप सावधानी अपनाउन नगद कारोबार बन्द गर्ने निर्णयमा पुगेका हुन्।

वीरगंज बैंकर्स एसोसियसनले बिहीबार एउटा सूचना जारी गर्दै आइतबारदेखि नगद जम्मा र चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय  गरेको छ । 

 चेक क्लियारिङ, आरटीजीएस, आइपीएस, एलसी र भन्सार सम्बन्धी महत्वपूर्ण कामहरु भने नरोकिने उनले बताए। सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन पनि एसोसिएसनले आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया