एनएमबि बैंकमा अनलाइनबाटै केवाईसी भर्न सकीने भएको छ । ग्राहकले अब आफ्नो केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्ने भएका हुन् ।
यो सुविधासँगै ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू मार्फत नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्न नपर्ने बताएको छ ।
प्रतिक्रिया