काठमाडौं– कोरोना भाइरस (कोभिड्–१९) को दोस्रो लहरको असर बढ्दै गएपछि डेभलपमेन्ट बैंकर्स संघले पनि आफ्ना सदस्य बैंकलाई कर्मचारीलाई वर्क फ्रम होमबाट कार्य गराउन आग्रह गरेको छ ।
प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होम को माध्यमबाट कार्य गराँउन संघका अध्यक्ष प्रद्युम्न पोखरेलले आग्रह गरेका छन् ।
सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि आवश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने व्यवस्था गर्नुपर्ने संघको भनाइछ । संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आफ्ना ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्नुपर्ने संघको भनाइ छ ।
प्रतिक्रिया