एनएमबि बैंकले डिजीटल बैंकिङ्ग प्रणलीमा फड्को मार्दै, अब अनलाइन बाटै केवाईसी भर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं– एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घररकार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् । 

ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू ९ओम्निच्यानलरसामाजिक सञ्जाल० मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरारअपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् । वाईसीको लागी डिजीटल लिंक ​  https://kyc.nmb.com.np:8443 यस प्रकार रहेको छ ।  

ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकमा नधाइकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जनाएको छ । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्ने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया