काठमाडौं, राष्ट्रिय बिमा संस्थानले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १.४३ प्रतिशतले कम हो । गत वर्ष यसले ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै चालु आवको चैत मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि १.०२ प्रतिशतले घटेर ६ करोड ७७ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
संस्थानले यो त्रैमाससम्म २ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने २६ अर्ब ७० करोड रुपैयाँबाट बढोत्तरी गरेर ३२ अर्ब ४४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३३ करोड ४४ लाख रुपैयाँ छ ।
प्रतिक्रिया