महालक्ष्मी लाइफ इन्स्योरेन्स बीमा शुल्क संकलन झन्डै १०० प्रतिशतले बढ्यो, कति कमायो नाफा ?

५ बर्ष अगाडि

काठमाडौं, महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले चैत मसान्तसम्ममा ७८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवको यसै अवधिको तुलनामा ९९.५१ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।

चैत मसान्तसमा कम्पनीले ६ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको तुलनामा १.४९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ५८ ला खरुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ७ वटा बीमा दावी वापत २ करोड ९२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ८ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया