काठमाडौं, युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३०.५९ प्रतिशतले बढी हो । गत वर्ष यसैअवधिमा यसले ४ करोड ४ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो ।
गत वर्ष २३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा छ । चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ छ ।
प्रतिक्रिया