नाडेप लघुवित्तले जेठ २३ गते डाक्यो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं, नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ २३ गते आइतबार  छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन काठमाण्डौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ बाट लगानीकर्तालाई कुनपनि लाभांश वितरण नगर्ने भएको छ ।

यसैगरी लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतको एजेण्डाहरु पनि सभामा रहेका छन् ।

मर्जर प्रकृया कारण लघुवित्तको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले साधारण सभामा भाग लिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया