काठमाडौं, युनिभर्सल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष ६ करोड २० लाख रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २ करोड ८१ लाख रुपैयाँमा झरेको छ ।
हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ । यसले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।
कम्पनीको हालसम्म निर्माण कार्य ९८ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।
प्रतिक्रिया