काठमाडौं, नेप्सेमा सूचीकृत ओरियन्टल होटल्स लिमिटेड चैत मसान्तसम्म २१ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानमा गएको छ । ओरियन्टलले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत वर्षको यसै अवधिमा भने ११ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको ओरियन्टलको रिजर्भ कोषमा ८८ करोड ८५ लाख रुपैयाँ छ । गत वर्ष रिजर्भमा १ अर्ब १३ करोड २० लाख रुपैयाँ रहेको थियो । यो होटल प्रतिशेयर १८ रुपैयाँ ७२ पैसा नोक्सानमा छ । गत वर्ष यसै अवधिमा भने प्रतिसेयर आम्दानी १० रुपैयाँ १७ पैसा थियो । प्रतिशेयर नेटवर्थ पनि २०० रुपैयाँ ३५ पैसाबाट घटेर १७८ रुपैयाँ ७७ पैसामा आएको छ ।
सरकारले कारोना रोकथामका लागि गरेको लक डाउनका कारण पर्यटन आवागमन घटेका कारण आम्दानी तथा नाफा गर्न नसकेको होटल व्यस्थापनको भनाई छ ।
प्रतिक्रिया