काठमाडौं, राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४९.४७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा घटेर २७ करोड १२ हजार रुपैयाँमा सिमित भएको हो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १०.८५ प्रतिशतले बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको लागनी कर्जा तथा अन्य आय ३८.८० प्रतिशतले घेटर १० करोड ५५ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
आम्दानी घटेको कम्पनीले जनाएको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ, बीमा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३५ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १२६३ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७७.८५ गुणा रहेको छ ।
प्रतिक्रिया