नेप्सेले गर्यो इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबारमा रोक्का

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने भएको छ  । हिमालयन र इन्भेष्टमेन्ट ले मर्जमा जाने सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो । 

बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति  सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को ९१० बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का राखिएको नेप्सेले जनाएको छ । 

दुई बैंकबीच बिहिबार मर्जर सम्झौता भएको हो ।  सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । दुवै बैंक १स्१ को स्वापमा मर्जमा जाने भएका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया