काठमाडौं, कालिका पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३४.२७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ६२ लाख ५३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो ।
यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ४६७ प्रतिशतले बढेर १४ करोड ५६ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, गत वर्ष २ लाख ७६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष १ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा छ । चुक्ता पुँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया