काठमाडौं, नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन हो ।
बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधिको वार्षिक ब्याजदर ८.५० प्रतिशत तोकिएको छ ।
यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गरेको छ । यस ऋणपत्रलाई इक्रा नेपालले कम जोखिम जनाउने इक्राएनपी आइआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया