एभरेष्ट इन्स्योरन्सले नौ महिनामा कमायो झन्डै १५ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा र मुल्य आम्दानी अनुपात ३५.९७ गुणा रहेको छ ।


यस्तै कम्पनीले यस अवधिमा ४ हजार १५७ वटा दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ८६४ वटा दाबी बापत १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया