मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा

५ बर्ष अगाडि

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ । लिमिटेडको ६१ हजार २७८ कित्ता  शेयर शुक्रवारदेखि विक्रीमा आएको  हो । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ६२६ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । 

यो शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीले शुक्रवारपछि घोषणा गर्ने हकप्रद शेयर र लाभांशका लागि योग्य हुने पनि कम्पनीले जानकारी दिएको छ । यो शेयरको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया