सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बाँडफाँट) हुँदै छ ।आईपीओ बाँडफाँट आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो ।
कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीको आईपिओमा १७ लाख भन्दा बढीले आवेदन दिएका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताको दरले सेयर बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता सेयर पाउनेछन् भने ४ जनालाई थप १ कित्ता भाग आउनेछ । १७ लाख ३४ हजार आवेदक मध्ये १५ लाख बढी आवेदको भने हात खालि हुनेछ ।
हाल ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रबर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् ।
प्रतिक्रिया