काठमाडौं– एनएमबी बैंकले निक्षेप तथा कर्जा तर्फ नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले तोकेको नयाँ ब्याजदर अनुसार निक्षेप तर्फ न्यूनतम २ प्रतिशत देखी अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ । यस्तै बैंकले कर्जा तर्फको पनि ब्याजदर तोकेको छ । कर्जा तर्फ बैंकले बेस रेटमा २ प्रतिशत देखी ५ प्रतिशत ब्याज तोकेको छ । फिक्स ब्याजदर तर्फ बैंकले १३.९९ प्रतिशत सम्म ब्याज लिने छ ।
यस्तै नयाँ ब्याजदर तोक्नेमा प्राइम कमर्सियल बैंक पनि रहेको छ । बैंकले निक्षेप तर्फ २.७६ प्रतिशत देखी ७.७६ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने कर्जा तर्फ बेस रेटमा ४ प्रतिशत देखी ६.९९ प्रतिशत ब्याजदर रहेको छ । अहिले बैंकको ७.१४ प्रतिशत बेस रेट रहेको छ ।
यता मेघा बैंक नेपालले पनि निक्षेप तथा कर्जाको नयाँ ब्याजदर तोकेको छ । बैंकको निक्षेप तर्फ २.२५ प्रतिशत देखी ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । कर्जा तर्फ बैंकले बेस रेटमा ५ प्रतिशत सम्म ब्याज लिने छ । अहिले बैंकको बेस रेट ७.५९ प्रतिशत रहेको छ ।
यसैगरी लक्ष्मी बैंकले निक्षेपमा २.५० प्रतिशत देखी ७.५० प्रतिशत र कर्जा तर्फ बेस रेटमा ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फिक्स ब्याजदर तर्फ १४.४९ प्रतिशत सम्म ब्याज लिने छ ।
नयाँ ब्याजदर तोक्नेमा नविल बैंक पनि रहेको छ । बैंकले निक्षेपमा १.५० प्रतिशत देखी ६.५१ प्रतिशत ब्याज तोकेको छ । कर्जा तर्फ बेस रेटमा ६ प्रतिशत सम्म ब्याज लिने छ । अहिले बैंकको बेस रेट ६.१८ प्रतिशत रहेको छ ।
यता कुमारी बैंकले पनि नयाँ ब्याजदर तोकेको छ । बैंकको निक्षेपमा १.७५ प्रतिशत देखी ६.५० प्रतिशत सम्म ब्याजदर प्रदान गर्ने छ भने कर्जा तर्फ बेस रेटमा ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले तेकेको बेस रेट ७.६३ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंकले पनि निक्षप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । बैंकको निक्षेप तर्फ न्यनतम २ प्रतिशत र अधिकतम ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । बैंकले कर्जा तर्फ बेस रेटमा अधिकतम ५ प्रतिशत ब्याज तोकेको छ ।
यस्तै नेपाल एसबिआई बैंकले निक्षेप तर्फ न्यनतम २.५५ र अधिकतम ७.५५ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने कर्जा तर्फ बेस रेटमा अधिकतम ५ प्रतिशत सम्म ब्याज लिने छ । फिक्स ब्याजदर अन्र्तगत बैंकले १४.५० प्रतिशत सम्म ब्याज लिने छ ।
यता सनराइज बैंकले निक्षेप तर्फ न्यनतम २ प्रतिशत देखी अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ । कर्जा तर्फ बेस रेटमा ६ प्रतिशत ब्याज लिने छ भने क्रडिट कार्डमा २ प्रतिशत प्रति महिना ब्याज लिने छ । बैंकको बेस रेट ७.२३ प्रतिशत रहेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा न्यनतम ३ प्रतिशत देखी ७.२५ प्रतिशत सम्म ब्याजदर प्रदान गर्ने छ ।
प्रतिक्रिया