काठमाडौं– हालसम्मकै ठूलो बैंकको रुपमा हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक स्थापित हुने भएको छ । हाल अस्तित्वमा रहेका दुई ठूला वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच बीग मर्जर भएर हिमालय एन्ड इन्भेष्टमेन्ट बैंक बन्ने भएको हो ।
बिहीबार यी दुई बैंकबीच एकीकृत कारोबार हुने गरी बैंक मर्जरको सहमती भएको छ ।
दुई बैंकको सहमति अनुसार आगामी आर्थिक वर्ष श्रावण १ गतेदेखि एकिकृत कारोबार सन्चालन हुनेछ । मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
चैत मसान्तसम्म हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै दुवै बैंक एक भएपछि बैंकको जगेडा कोषको आकार १९ अर्ब १४ करोड २९ लाख ८२ हजार रुपैयाँ हुनेछ भने दुवै जोड्दा बैंकको कोर पुँजी ४६ अर्ब ८ करोड ४७ लाख १२ हजार भन्दा बढी हुने देखिन्छ । अहिले हिमालयन बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख ३५ हजार रुपैयाँ छ भने इन्भेष्टमेन्टको १२ अर्ब ९४ करोड ५१ लाख ४७ हजार रुपैयाँ रहेको वित्तीय अवस्थामा उल्लेख छ ।
यस्तै दुवै बैंक एक भएपछि बन्ने बैंकको निक्षेप २ खर्ब ९८ खर्ब २० करोड ८१ लाख ३ हजार भन्दा बढी हुने देखिएको छ । यस्तै कर्जा सापटी २ खर्ब ७७ अर्ब ६५ करोड ८१ लाख ७३ हजार रुपैयाँ भन्दा बढी हुने चैत महिनासम्मको तथ्याङ्कले देखाएको छ ।
हिमालयन बैंकले चैत मसान्तसम्म १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने, इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६५ अर्ब ९६ करोड ७१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब ९ करोड २३ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।
चैत मसान्तसम्म हिमालयन बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड ७१ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
लामो समय देखि मर्जरमा जान गृहकार्य भइरहेकोमा यी दुबै बैंकले आफ्ना चलअचल सम्पति तथा दायित्व मूल्याङकन ९डीडीए० समेत गरिसकेका छन् । डीडीएले हिमालयन बैंकको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ रहने देखाएको छ ।
प्रतिक्रिया