काठमाडौं, अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम डिपोजिट गर्न नपाइने भएको छ। नेपाल बैंकर्स संघले बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निषेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो।
बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ।
निषेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने संघले जनाएको छ।
प्रतिक्रिया