काठमाडौं, एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत अर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ र जीवन बीमाकोषमा २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ८ लाख रुपैयाँ संचित छ ।
यस अवधिमा कम्पनीले ७ हजार ६८३ वटा दाबी बापत २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३७ वटा दाबी बापत ४ करोड ४४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।
यस अवधिमा इन्स्योरेन्स वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा र मुल्य आम्दानी अनुपात १०९.३१ गुणा रहेको छ ।
प्रतिक्रिया