काठमाडौं– नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाएको छ । केन्द्रीय बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयात गर्न जति पनि डलर साट्न पाइने उल्लेख गरेको छ ।
कोरोना सङ्कैमीतको सङ्ख्या बढेको र अक्सीजनको पनि अभाव भएको कारण स्वस्थ्य जन्य समाग्री खरिदको लकगी यस्तो व्यवस्था गरिएको हो ।
अहिले प्रतितपत्र विना ड्राफ्टरटीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।
अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लिखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ। जसले गर्दा स्वस्थ्या समाग्री खरिदको लागी डलर सटहीमा सन्झट हुने छैन ।
प्रतिक्रिया